मण्डला थिएटरमा ‘मिलारेपा’ नाटकको विशेष प्रेस शो सम्पन्न

कार्तिक १६, २०८२

काठमाडौँ, १६ कात्तिक (रासस) — काठमाडौँको थापागाउँस्थित मण्डला थिएटर नेपालमा आइतबार ‘मिलारेपा’ नाटकको विशेष प्रेस शो सम्पन्न भएको छ।नाटकमा तिब्बती सन्त मिलारेपाको जीवन, साधना र आत्मज्ञानको यात्रा चित्रण गरिएको छ। नाटकले आन्तरिक रूपान्तरण, कर्म र क्षमाको सन्देशमार्फत मानवीय मूल्य र अध्यात्मिक खोजलाई प्रस्तुत गरेको बताइएको छ।कार्यक्रममा विभिन्न कलाकार, सञ्चारकर्मी, रंगकर्मी र सांस्कृतिक क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तस्बिर : विमलबहादुर विष्ट / रासस

सम्पर्कमा रहनुहोस्