भेनेजुएलामा अमेरिकी कारबाही — प्रमुख अपडेटहरू

पुस १९, २०८२

@एस. एस.महत

🕖 (अपडेट: बिहान 7:48)

मदुरो चाँडै अमेरिकाको अदालतमा पेश हुने

अमेरिकी एटर्नी जनरल प्याम बन्डीले भने — निकोलास मदुरो र उनकी पत्नीले “अमेरिकी न्यायको पूर्ण कारबाही” सामना गर्ने।

मदुरूमाथि कम्तीमा ४ मुद्दा (नार्को–टेररिज्म लगायत) लगाइएको उल्लेख।

नयाँ मुद्दा थपिन्छ/नथपिन्छ भन्ने स्पष्ट छैन।

धन्यवाद सन्देशमा बन्डीले राष्ट्रपति ट्रम्प र सेनाको प्रशंसा गरिन्।

🕖 (अपडेट: बिहान 7:19)

युरोपेली संघले संयमको आह्वान

ईयूका शीर्ष कूटनीतिज्ञ काया कालयासले अमेरिकी परराष्ट्रमन्त्रीसँग कुराकानी।

मदुरो वैधानिक छैनन् भन्ने अघिल्लो धारणा पुनः दोहोर्‍याइयो।

“अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ चार्टरको सम्मान होस्,” भनी आग्रह।

🕕 (अपडेट: बिहान 6:50)

रूस र इरानको कडा आलोचना

इरान: भेनेजुएलाको सार्वभौमिकताको खुला उल्लङ्घन

रूस: यो “सशस्त्र आक्रमण” भन्दै निन्दा—स्थिति थप नबढाउन आग्रह।

🕕 (अपडेट: बिहान 6:07)

पानामाका नोरिएगाको घटनासँग तुलना

मदुरोको गिरफ्तारी ठीक 36 वर्षपछि, जब 1990 मा अमेरिकाले म्यानुअल नोरिएगालाई पक्राउ गरेको थियो।

🕔 (अपडेट: बिहान 5:33)

कुनै थप सैन्य कारबाहीको सम्भावना छैन — सिनेटर

GOP सिनेटर माइक लीका अनुसार, सेक्रेटरी मार्को रुबियोले भने —
मदुरो अमेरिकाको हिरासतमा भइसकेकाले थप कारबाही अपेक्षित छैन

🕔 (अपडेट: बिहान 5:20)

मदुरोको टाउकोमाथि $50 मिलियन इनाम

2020 देखि नार्को–टेररिज्म आरोप।

अमेरिकाले इनाम दोब्बर गर्दै $50M पुर्‍याएको थियो।

🕔 (अपडेट: बिहान 5:15)

भेनेजुएलाले ‘प्रुफ अफ लाइफ’ माग्यो

उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरो कहाँ छन् भन्ने प्रमाण मागिन्।

🕓 (अपडेट: बिहान 4:59)

सैन्य तैनाथी, आपतकाल

रक्षा मन्त्रीले देशभर सेना परिचालनको घोषणा।

“बाह्य अशान्ति” को अवस्था घोषणा।

🕓 (अपडेट: बिहान 4:47)

डेल्टा फोर्सद्वारा गिरफ्तारी

अमेरिकी विशेष बल डेल्टा फोर्स ले मदुरो पक्राउ गरेको दाबी।

🕓 (अपडेट: बिहान 4:26)

ट्रम्पको घोषणा

मदुरो र उनकी पत्नीलाई देशबाट बाहिर उडाइयो

थप विवरण पत्रकार सम्मेलनमा दिने।

🕓 (अपडेट: बिहान 4:17)

अमेरिकन नागरिकलाई ‘शेल्टर-इन-प्लेस’

कराकास वरिपरि विस्फोटको रिपोर्टपछि
अमेरिकनहरूलाई घरमै सुरक्षित बस्न निर्देशन।

सम्पर्कमा रहनुहोस्