कार्तिक १९, २०८२
क्वाङ त्रि (भियतनाम), नोभेम्बर ५, २०२५ (सिन्ह्वा) — भियतनामको मध्य क्षेत्रीय क्वाङ त्रि प्रान्तमा परेको भीषण वर्षा र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको छ।भियतनाम डिजास्टर एण्ड डाइक म्यानेजमेन्ट अथोरिटीका अनुसार, हालसम्म ८ जना हराइरहेका छन् र १३० जना घाइते भएका छन्। धेरै घरहरू, खेतबारी र पूर्वाधारहरू पानीमुनि डुबेका छन्।स्थानीय प्रशासन र उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा राहत तथा उद्धार कार्य तीव्र पारेका छन्। अधिकारीहरूले अझै पनि भारी वर्षा जारी रहने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
📸 तस्बिरः भिएनए/सिन्ह्वा मार्फत ह्यान्डआउट