भारतीय प्रहरीको पुष्टि

पुस ५, २०८२

सिड्नी/नयाँदिल्ली — अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति भारतको बैंगलोरका भएको भारतीय प्रहरीले पुष्टि गरेको छ। भारतीय प्रहरीका अनुसार घटनामा संलग्न भनिएका व्यक्ति पहिले बैंगलोरमा बसोबास गर्ने भारतीय मूलका नागरिक थिए।भारतीय सुरक्षा निकायले अष्ट्रेलियाली प्रहरीसँग समन्वय गर्दै प्रारम्भिक अनुसन्धानपछि उक्त जानकारी सार्वजनिक गरेका हुन्। प्रहरीका अनुसार आरोपीको पृष्ठभूमि र विगतका गतिविधिबारे थप विवरण संकलन भइरहेको छ भने भारतमा उनीविरुद्ध कुनै गम्भीर आपराधिक रेकर्ड नदेखिएको जनाइएको छ।यस घटनापछि अष्ट्रेलियामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बोन्डी बीच क्षेत्र वरपर उच्च सतर्कता अपनाइएको छ भने घटनाको उद्देश्य र सम्भावित अन्तर्राष्ट्रिय सम्बन्धबारे अनुसन्धान जारी रहेको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन्।उक्त गोलीकाण्डले अष्ट्रेलियासहित अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ। भारत सरकारले पनि घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्पर्कमा रहनुहोस्