भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोप वडाध्यक्ष पक्राउ

पुस १३, २०८२

मलङ्गवा (सर्लाही), १३ पुस — नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धान क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो. ईशा मिक्रानीलाई प्रहरीले पक्राउ गरेको छ।मिक्रानीमाथि भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोप छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीका आधारमा दायर मुद्दामा उनी संलग्न देखिएपछि थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।जिल्ला सरकारी वकिल कार्यालयको पत्राचारपछि सर्लाही जिल्ला अदालतले मंसिर ५ गते पक्राउ अनुमति दिएको थियो। त्यसअनुसार खोजतलास भइरहेकै अवस्थामा मिक्रानीलाई आइतबार मलङ्गवा–२ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी रहेकाले नागरिकता लिएको भनिएको भारतीय नागरिकको पहिचान भने सार्वजनिक गरिएको छैन।

राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्कमा रहनुहोस्