भारतको एक औषधि कारखानामा आगलागी हुँदा दुई जनाको मृत्यु, २० घाइते
समय सूत्र @
कार्तिक २६, २०८२
भारतको पश्चिमी राज्य गुजरातको सायखा उद्योग क्षेत्रमा बुधबार एक औषधि कारखानामा आगो लाग्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् । सबै पीडित कामदार थिए । भरुच जिल्लाका अधिकारी गौरंग मकवाना अनुसार,“कारखानाभित्र भएको शक्तिशाली भाँडा विस्फोटले ठूलो आगो निम्त्याएको हो ।” आगो नियन्त्रणमा लिएपछि, विस्फोटको कारण कारखानाको भवन भत्केको देखियो । धेरै कामदार भाग्न सफल भए पनि दुईजनालाई फँसेर मृत्यु भयो । आगो निभाएपछि उनीहरूको शव भग्नावशेषबाट निकालिएको छ । घाइतेहरुलाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
नयाँ दिल्ली, २६ कात्तिक (रासस/सिन्ह्वा) :