‘ब्याटल अफ गलवान’

माघ ११, २०८२

बलिउड सुपरस्टार सलमान खानको निर्माण कम्पनी सलमान खान फिल्म्स ले बहुप्रतीक्षित फिल्म ‘ब्याटल अफ गलवान’ मा समावेश नेपाली अभिनेता अनुपविक्रम शाहीको क्यारेक्टर सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक गरिएको गीत ‘मातृभूमि’ मार्फत शाहीको क्यारेक्टर पहिलो पटक दर्शकमाझ ल्याइएको हो।सार्वजनिक गीतमा बलिउड सुपरस्टार सलमान खानसँगै नेपाली अभिनेता अनुपविक्रम शाही देखिएका छन्। देशप्रेम र बलिदानको भाव झल्किने गीतमा शाही सैनिक भूमिकामा प्रस्तुत भएका छन्, जसले दर्शकको ध्यान खिचेको छ।‘ब्याटल अफ गलवान’ भारत–चीन सीमामा भएको ऐतिहासिक गलवान संघर्षमा आधारित फिल्म हो। यस फिल्ममा अनुपविक्रम शाहीको समावेशलाई नेपाली कलाकारका लागि अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।यसअघि पनि शाहीले बलिउडमा विभिन्न प्रोजेक्टमार्फत आफ्नो उपस्थिति जनाइसकेका छन्। सलमान खानसँग एउटै गीत र फिल्ममा देखिनु उनको करियरको ठूलो फड्को मानिएको छ।फिल्म रिलिजको मिति भने अझै सार्वजनिक गरिएको छैन, तर गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको छ।

सम्पर्कमा रहनुहोस्