मंसिर १८, २०८२
बेइजिङ (चीन)
चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा भएको बैठकपछि दुवै नेताले संयुक्त प्रेस बयान जारी गरेका छन्। उच्चस्तरीय भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि राष्ट्रपति सीले पत्रकारहरूलाई सम्बोधन गरेका हुन्। माक्रोँ कार्यक्रममा उपस्थित भए पनि तस्वीरमा देखिएका छैनन्।दुवै देशबीच कूटनीतिक सम्बन्ध, व्यापारिक सहकार्य, प्राविधिक विकास, ऊर्जा र जलवायु लक्ष्य सम्बन्धी महत्वपूर्ण मुद्दाहरूमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। बैठकपछि विभिन्न क्षेत्रका द्विपक्षीय सहकार्य सम्झौताहरूमा हस्ताक्षर गरिएको छ।यस भेटलाई चीन–फ्रान्स सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।
(फोटो : अडेक बेरी / एएफपी / पूल)