कार्तिक १७, २०८२
अबुधावी, संयुक्त अरब इमिरेट्स, नोभेम्बर ३, २०२५ (एपी) — यूएईका उद्योग तथा उन्नत प्रविधि मन्त्री र सरकारी कम्पनी अबुधावी नेशनल ऑइल कम्पनी (ADNOC) का प्रबन्ध निर्देशक सुल्तान अल-जेबरले वार्षिक अबुधावी अन्तर्राष्ट्रिय पेट्रोलियम प्रदर्शनी र सम्मेलन (ADIPEC) २०२५ को उद्घाटन सत्रमा सम्बोधन गरेका छन्।सुल्तान अल-जेबरले ऊर्जा क्षेत्रको वर्तमान चुनौती, नवप्रवर्तन र दीगो विकासका अवसरबारे जानकारी दिएका छन्। सम्मेलनमा विश्वभरका तेल र ऊर्जा उद्योगका प्रमुख प्रतिनिधिहरू सहभागी छन्।
(फोटो: अल्ताफ कादरी / एपी)