बालेन र रबीमाथि महेश बस्नेतको अपमानजनक भाषा

पुस १, २०८२

नेकपा (एमाले) का नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति अपमानजनक भाषा प्रयोग गर्दै बोले का छन्। उनले पुराना नेताहरूको आलोचना वा अपमान गरेर मात्र नेता बन्न सकिन्छ भन्ने भ्रम त्याग्नुपर्ने बताएका छन्।बस्नेतले पार्टीभित्र सहमति खोज्ने प्रयास भए पनि उपाध्यक्ष ईश्वर पोखरेल सहमत हुन नमानेपछि विषय जटिल बनेको समेत उल्लेख गरे। उनले राजनीतिक संस्कार, संवाद र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै व्यक्तिगत आक्षेपले समाधान नआउने धारणा राखे।उनको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएका छन्।

सम्पर्कमा रहनुहोस्