कार्तिक २३, २०८२
ढाका, बङ्गलादेश, नोभेम्बर ९, २०२५ — बङ्गलादेशको राजधानी र अन्य स्थानमा चर्च र क्याथोलिक विद्यालयमा भएका तीनवटा बम आक्रमणपछि सानो इसाई अल्पसङ्ख्यक समुदायमा सुरक्षा जोखिमको भावना बढेको छ।प्रहरीले आइतबारको आक्रमणमा कुनै चोटपटक नभएको तर आक्रमण “आतङ्क सिर्जना गर्नका लागि निश्चित रूपमा गरिएको” बताएका छन्। अहिलेसम्म कुनै समूहले यी घटनाहरूको जिम्मेवारी लिएको छैन।ढाका प्रहरी प्रवक्ता मुहम्मद तालेबर रहमानले एएफपीसँग भने, “हामी जिम्मेवारलाई पत्ता लगाउने प्रयास गरिरहेका छौँ।”अक्टोबर ८ मा राजधानीको होली रोजरी क्याथोलिक चर्चमा पहिलो बम फ्याँकिएको थियो। त्यसपछि सेन्ट मेरिज क्याथेड्रल र सेन्ट जोसेफ स्कूल र कलेजमा थप दुई आक्रमण भएका थिए।इसाई समुदायका सदस्यहरूले आक्रमणले त्रास उत्पन्न गरेको बताएका छन्। विश्वविद्यालयका २५ वर्षीय एक विद्यार्थीले भने, “चर्चमा जाँदा धेरैलाई चिन्ता हुन्छ।”क्रिस्चियन एसोसिएसनका अध्यक्ष निर्मल रोजारियोले भने, “सुरक्षा चुनौती हुँदाहुँदै पनि भोलिपल्ट करिब ५०० मानिस प्रार्थना गर्न आएका थिए।”पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार सत्ताच्युत भएपछि बङ्गलादेशमा राजनीतिक अस्थिरता जारी छ। नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले फेब्रुअरी २०२६ मा हुने निर्वाचनको प्रतिबद्धता पुन: पुष्टि गरेका छन्।
ढाका, २३ कात्तिक (रासस/एएफपी)