फ्रान्समा कृषि नीतिबारे उच्चस्तरीय बैठक

पुस १, २०८२

फ्रान्सकी सरकारी प्रवक्ता मौद ब्रेजिओन डिसेम्बर १६, २०२५ मा पेरिसस्थित होटल माटिन्याँमा आयोजित बैठकमा सहभागी हुन पुगिन्। प्रधानमन्त्रीको नेतृत्वमा सरकारका मन्त्रीहरू र प्रिफेक्टहरूसँग कृषि नीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।यस बैठक किसानहरूको चर्को आलोचनाबीच हुन लागेको हो। किसानहरूले पशुधनमा फैलिएको लम्पी स्किन डिजिज (Dermatose Nodulaire Contagieuse) को व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएका छन्। साथै उनीहरूले दक्षिण अमेरिकी व्यापार समूह मर्कोसुरसँग स्वतन्त्र व्यापार सम्झौता गर्न सरकारको तयारीको विरोधसमेत गर्दै आएका छन्।

AFP

सम्पर्कमा रहनुहोस्