फिलिपिन्सका तुफान पीडितले बेलायतमा शेलविरुद्ध मुद्दा दायर,जलवायु क्षति’को क्षतिपूर्ति माग

मंसिर २५, २०८२

मनिला, फिलिपिन्स 
सन् २०२१ मा आएको विनाशकारी सुपर टाइफुन राइ (स्थानीय नाम: ओडेट) का जीवित बचेका पीडितहरूले बेलायतका प्रमुख तेल कम्पनी शेलविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। जलवायु परिवर्तनका कारण तूफान अझ शक्तिशाली बनेको दाबी गर्दै उनीहरूले क्षतिपूर्ति माग गरेका तीन गैरसरकारी संस्थाहरू (NGO) ले सोमबार जानकारी दिएका छन्।मुद्दामा शेलले दशकौँदेखि गरेको अत्यधिक कार्बन उत्सर्जनले विश्व तापक्रम वृद्धि र चरम मौसमको तीव्रतामा प्रत्यक्ष भूमिका खेलेको दाबी गरिएको छ। विशेषगरी सियारगाओ (Siargao) लगायतका क्षेत्रका पीडितहरूले शेलको नीतिले “अनावश्यक पीडा र विनाश” निम्त्याएको आरोप लगाएका छन्।२०२१ डिसेम्बर २० मा खिचिएको तस्बिरमा सियारगाओको डेल कार्मेन क्षेत्रमा राजमार्ग छेउका भत्किएका नारिवलका रूखहरू देखिन्छन्। सुपर टाइफुन राइ लेण्डफाल्ड भएको केही दिनमै त्यो क्षेत्र पूर्ण रूपमा तहसनहस भएको थियो।
यो तुफानबाट ४०० भन्दा बढी मानिसको मृत्यु, लाखौँ विस्थापित र अर्बौँ मूल्यको क्षति भएको थियो।मामलालाई सहयोग गरिरहेका ग्रीनपीस दक्षिणपूर्व एसिया लगायतका समूहहरूले यो मुद्दा विश्वव्यापी कानुनी मिसाल बन्न सक्ने बताएका छन्—जहाँ जलवायु परिवर्तनका कारण प्रभावित देशका समुदायले ठूलो प्रदूषक कम्पनीलाई प्रत्यक्ष जिम्मेवार ठहराउने प्रयास गरेका छन्।शेलले यसबारे विस्तृत प्रतिक्रिया नदिएको भए पनि, कम्पनीले अघिल्ला बयानहरूमा जलवायु समस्या समाधानका लागि “सबै क्षेत्रको साझा प्रयास” आवश्यक रहेको बताउँदै आएको छ। उनीहरूले नवीकरणीय ऊर्जा र कम–कार्बन प्रविधिमा लगानी गरिरहेको दाबी गर्छन्।पीडितका कानुनी प्रतिनिधिहरूका अनुसार, यो मुद्दा घर, जीविकोपार्जन र परिवारजन गुमाएका फिलिपिन्स नागरिकको क्षतिपूर्ति मात्र होइन, भविष्यमा प्रमुख प्रदूषकहरूलाई कडाइका साथ उत्सर्जन कटौती गर्न दबाब सिर्जना गर्ने उद्देश्यले पनि दायर गरिएको हो।यो मुद्दा ग्लोबल साउथका समुदायहरूले विदेशी अदालतमा दायर गरेका सबैभन्दा महत्वपूर्ण जलवायु–न्याय प्रयासहरू मध्ये एक मानिएको छ।

AFP

सम्पर्कमा रहनुहोस्