फाल्कन ९ ले फ्लोरिडाबाट २८ स्टारलिङ्क उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्‍यो

कार्तिक ९, २०८२

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्स (SpaceX) ले आफ्नो फाल्कन–९ (Falcon 9) रकेटमार्फत फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च प्याड ४० बाट २८ वटा स्टारलिङ्क उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। 🚀यो प्रक्षेपण स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने अभियानको अर्को चरण हो, जसअन्तर्गत विश्वका दुर्गम र सेवा नपुगेका क्षेत्रहरूमा तीव्रगतिको इन्टरनेट सुविधा उपलब्ध गराइनेछ।रकेटको पहिलो चरण (First Stage) प्रक्षेपणपछि सफलतापूर्वक पृथ्वीमा फर्किएको छ र एटलान्टिक महासागरमा रहेको ड्रोन जहाजमा सुरक्षित अवतरण गरेको छ। यो उपलब्धिलाई स्पेसएक्सले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधाको निरन्तर सफलताका रूपमा हेरिएको छ।

संयुक्त राज्य अमेरिका संवाददाता समय सूत्र मिडिया

सम्पर्कमा रहनुहोस्