फागुन १ मा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव फिर्ती सवारी हुँदा त्रिभुवन विमानस्थलमा राप्रपाद्वारा स्वागतको तयारी

माघ २८, २०८२

काठमाडौँ – श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव फागुन १ गते स्वदेश फिर्ती सवारीको कार्यक्रम रहेको छ। मौसूफ सरकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको र त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले औपचारिक स्वागत गर्ने तयारी गरेको छ।राप्रपा स्रोतका अनुसार, श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव स्वदेश फिर्ती सवारी लाई मध्यनजर गर्दै विमानस्थल क्षेत्रमा स्वागत कार्यक्रम आयोजना गरिनेछ। पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहने बताइएको छ।पार्टी नेतृत्वले यसलाई सम्मान र सांस्कृतिक परम्परासँग जोडिएको कार्यक्रम भएको दाबी गर्दै शान्तिपूर्ण रूपमा स्वागत गरिने जनाएको छ। सुरक्षाका दृष्टिले राज्यका सम्बन्धित निकायहरूले आवश्यक व्यवस्था मिलाइरहेका छन्।श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वदेश फिर्ती सवारी लाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केही समूहले यसलाई सामान्य निजी आगमनका रूपमा लिएका छन् भने केहीले यसलाई वर्तमान राजनीतिक सन्दर्भसँग जोडेर हेरेका छन्।यस विषयमा सरकार वा सुरक्षा निकायबाट औपचारिक विस्तृत प्रतिक्रिया भने आइसकेको छैन।

सम्पर्कमा रहनुहोस्