प्रधानन्यायाधीश प्रकाशमान सिंहलाई बिदाइ

चैत्र १७, २०८२

✍️ रिपोर्टर: सुनील सिंह

काठमाडौँ — सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह लाई औपचारिक कार्यक्रमबीच बिदाइ गरिएको छ।सर्वोच्च अदालत परिसरमा आयोजित कार्यक्रममा न्यायाधीशहरू, कानुन व्यवसायी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले प्रकाशमान सिंह को कार्यकालको योगदानको प्रशंसा गर्दै न्याय क्षेत्रको सुदृढीकरणमा खेलेको भूमिकाको चर्चा गरेका थिए।उनले आफ्नो कार्यकालमा न्यायिक सुधार, पारदर्शिता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरेको बताइएको छ।बिदाइ कार्यक्रममा उनले सबैप्रति आभार व्यक्त गर्दै न्याय प्रणालीप्रति विश्वास कायम राख्न सबै पक्षलाई आग्रह गरेका थिए।उनको बिदाइसँगै सर्वोच्च अदालतमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।

सम्पर्कमा रहनुहोस्