प्रतिनिधिसभा सदस्य खुश्वु ओली…

चैत्र २३, २०८२

✍️ सुनिल सिंह

काठमाडौं — २४ चैत (६ अप्रिल २०२६) — खुश्वु ओली ले बढ्दो महँगी र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिलाई ध्यानमा राख्दै सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कटौती गर्नुपर्ने माग गर्नुभएको छ।संसद्को विशेष समयमा बोल्दै प्रतिनिधिसभा सदस्य  नेतृ ओलीले इन्धनको मूल्य वृद्धिका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको बताउनुभयो। उहाँले इन्धन महँगिँदा भान्सादेखि यातायातसम्मको खर्च बढेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा युद्ध र अन्य कारणले तेलको मूल्य बढ्नु हाम्रो नियन्त्रणमा नहोला, तर सरकारले उठाउँदै आएको विभिन्न शीर्षकका करहरू घटाउनु त हाम्रै हातमा छ। सरकारले कर घटाएर भए पनि जनतालाई सस्तोमा इन्धन उपलब्ध गराउनुपर्छ।”सांसद ओलीका अनुसार, पेट्रोलियम पदार्थमा लगाइने करले मूल्यलाई थप महँगो बनाएको छ। यस्तो अवस्थामा कर संरचनामा पुनर्विचार गर्दै जनतालाई राहत दिने नीति अवलम्बन गर्न आवश्यक रहेको उहाँको धारणा छ।उहाँले सरकारले राजस्व सङ्कलन मात्र होइन, नागरिकको दैनिक जीवन सहज बनाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। बढ्दो महँगीले विशेषगरी न्यून तथा मध्यम आय वर्गका नागरिकहरू बढी प्रभावित भएको भन्दै तत्काल राहतमुखी कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।अर्थतन्त्रका जानकारहरूका अनुसार, इन्धनमा कर कटौती गर्दा अल्पकालीन रूपमा राजस्वमा असर पर्न सक्ने भए पनि यसले बजारमा मूल्य स्थिरता कायम गर्न र उपभोक्तालाई राहत दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ।यस विषयमा सरकारको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ। तर, संसदमा उठेको यो मुद्दाले पेट्रोलियम मूल्य निर्धारण र कर नीतिबारे नयाँ बहस सुरु गराएको छ।

सम्पर्कमा रहनुहोस्