पुराना दिन’ फर्काउने दाउमा कांग्रेस

माघ ७, २०८२

ज्योति आचार्य सर्लाही नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता गगन थापा सर्लाहीबाट चुनावी मैदानमा उत्रिने तयारीले मधेशको राजनीतिमा नयाँ तरंग ल्याएको छ। लामो समयदेखि मधेशमा खस्किँदो साख जोगाउन संघर्षरत कांग्रेसका लागि थापाको उपस्थिति "टर्निङ प्वाइन्ट" बन्ने दाबी स्थानीय नेताहरूले गर्न थालेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस नेता राजकुमार महतोका अनुसार सभापति थापा (प्रस्तावित) मधेशबाट उम्मेदवार बनेपछि पार्टीभित्र नयाँ उत्साह सञ्चार भएको छ। महतो दाबी गर्छन्, "अब मधेशमा कांग्रेस पुरानै लयमा फर्किन्छ भन्नेमा हामी पूर्ण आशावादी छौँ।" विशेष महाधिवेशनले फेरेको माहोल नेता महतोका अनुसार पछिल्लो समय मधेशमा कांग्रेसप्रति केही नैराश्यता देखिए पनि विशेष महाधिवेशनले त्यसलाई चिरेको छ। विशेषगरी भदौ २३ र २४ को आसपासमा कांग्रेसप्रति आकर्षण घटेको देखिए पनि पुस २७ को विशेष महाधिवेशनपछि अवस्था नाटकीय रूपमा बदलिएको उनको बुझाइ छ। महतो भन्छन्: "विशेष महाधिवेशनमा सबैभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति मधेश प्रदेशबाटै भएको थियो। यसले मधेशी जनता र कार्यकर्तामा कांग्रेसप्रति कति ठूलो भरोसा छ भन्ने पुष्टि गर्छ।" ‘गौरवका साथ कांग्रेस भन्न थालेका छन्’ मधेशमा क्षेत्रीय दलहरूको उदय र प्रभावका कारण केही समयदेखि रक्षात्मक अवस्थामा पुगेको कांग्रेस अहिले फेरि जुर्मुराएको स्थानीय नेतृत्वको विश्लेषण छ। "अहिले मान्छेहरूले गौरवका साथ म नेपाली कांग्रेस हुँ भन्न थालेका छन्," महतोले थपे, "सभापति मधेशबाट चुनाव लडेपछि यसले निश्चित रूपमा कांग्रेसलाई पहिलो शक्ति बनाउन मद्दत पुर्‍याउँछ।" रणनीतिक महत्त्व गगन थापाजस्ता राष्ट्रिय कदका नेता मधेशबाट चुनाव लड्दा त्यसको प्रभाव एउटा क्षेत्रमा मात्र नभई पूरै मधेश प्रदेशमा पर्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। यसले एकातिर कांग्रेसको 'मधेश विरोधी' भनी लाग्ने गरेको आरोपलाई खण्डन गर्नेछ भने अर्कोतिर युवा मतदातालाई आकर्षित गर्ने देखिन्छ

सम्पर्कमा रहनुहोस्