मंसिर २०, २०८२
चमन,पाकिस्तान र अफगानिस्तानबीचको मुख्य सीमा नाकामा रातभर चलेको गोलीबारीमा कम्तिमा चार अफगान नागरिकको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन्।पाकिस्तानको चमन नाकामा राति उभयपक्षबीच हथियारधारी भिडन्त चलेपछि स्थानीय बासिन्दा मारिन पुगेका हुन्। धेरै महिनादेखि दुबै देशबीच तनाव चुलिँदो अवस्थामा रहेकै बेला यो पछिल्लो घटनाले स्थिति झनै जटिल बनाएको छ।गोलीबारीपछि पाकिस्तानले सीमा क्षेत्रमा ट्यांकसहित सुरक्षा उपस्थिति कडा पारेको छ। अक्टोबरमा भएको घातक झडपपछि यो पछिल्लो ठूलो घटना मानिएको छ।दुवै देशका अधिकारीहरूले घटना बारे फरक–फरक दाबी गर्दै आएका छन् भने सीमा क्षेत्रमा रहेका सामान्य नागरिक भने डर र अनिश्चितताबीच बस्न बाध्य छन्।
AFP