पत्रिका पसल, पुस्तकालय तथा वितरण केन्द्रहरूमा

पुस २८, २०८२

@सुनिल सिंह महत  काठमाडौं —
मासिक पत्रिका समय सूत्रको माघ महिनाको नयाँ अंक बजारमा उपलब्ध भएको छ। समसामयिक राजनीति, राष्ट्रिय मुद्दा, गहिरो विश्लेषण तथा विचारप्रधान सामग्री समेटिएको उक्त अंक पाठकहरूका लागि सार्वजनिक गरिएको हो।माघ अंकमा देशको वर्तमान राजनीतिक अवस्था, पुराना र नयाँ शक्तिबीचको द्वन्द्व, नीति–निर्माणका चुनौती, साथै सामाजिक र आर्थिक विषयवस्तुलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। पत्रिकाले समसामयिक विषयमा तथ्यमा आधारित विश्लेषण र वैचारिक बहसलाई निरन्तरता दिँदै आएको छ।प्रकाशकका अनुसार, समय सूत्रको माघ अंक देशभरका पत्रिका पसल, पुस्तकालय तथा वितरण केन्द्रहरूमा उपलब्ध रहेको छ। पाठकहरूले यो अंकमार्फत देशको बदलिँदो राजनीतिक र सामाजिक परिदृश्यलाई नजिकबाट बुझ्न सक्ने विश्वास गरिएको छ।

सम्पर्कमा रहनुहोस्