नेपाल प्रहरी…..

माघ १२, २०८२

काठमाडौं – नेपाल प्रहरीले पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा नक्कली उद्धार (Fake Rescue) गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार ती व्यक्तिहरूले पर्वतारोहण तथा ट्रेकिङमा गएका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धारको नाममा झुटो विवरण तयार गरी बीमा रकम दुरुपयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।यस किसिमका नक्कली उद्धार गतिविधिले न केवल बीमा प्रणालीको दुरुपयोग भएको छ, साथै नेपालको पर्यटन क्षेत्रको विश्वसनीयतामा समेत नकारात्मक असर पार्ने प्रहरीको भनाइ छ।नेपाल प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई पनि कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ र पर्यटक तथा सरोकारवालालाई सचेत रहन आग्रह गरेको छ।

सम्पर्कमा रहनुहोस्