मंसिर २९, २०८२
काठमाडौँ— संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) को तेस्रो डफ्फा बदल्ने क्रममा गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेको छ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति प्रस्थान गरेको हो। यससँगै, आफ्नो कार्यकाल पूरा गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन्।हाल उक्त मिसनमा नेपाली सेनाका १,१८९ जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।
राष्ट्रिय समाचार समिति (रासस)