नेपाली मिडफिल्डर प्रीति राईको धमाकेदार प्रदर्शन! 🇳🇵

कार्तिक १, २०८२

जॉर्डन विमेन्स प्रो लिगमा इत्तिहाद एफसी (Etihad FC) ले अल हुसेन स्पोर्टिङ क्लबलाई २४–० ले पराजित गरेको छ, जसमा नेपाली मिडफिल्डर प्रीति राईले पहिलो गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी छिन्। 🔥राईले खेलको ७औं मिनेटमा गोल गर्दै क्लबका लागि आफ्नो पहिलो लिग गोल दर्ता गरिन्।यो जितपछि इत्तिहाद एफसीले ५ खेलबाट १३ अंक सहित तालिकाको शीर्ष स्थान कायम गरेको छ। 🏆यसअघि पनि राईले AFC Women’s Champions League को प्रिलिमिनरी चरणमा इत्तिहाद एफसीका लागि गोल गरेकी थिइन्, जसले उनको अन्तर्राष्ट्रिय प्रदर्शनमा अर्को चमक थपेको छ। ✨अब प्रीति राई ईरान र भारतविरुद्धका मैत्रीपूर्ण खेलहरूका लागि यसै महिनाको अन्त्यमा शिलङ (भारत) फर्किन लागेकी छन्। 🇳🇵💪 संवाददाता समय सूत्र मिडिया

सम्पर्कमा रहनुहोस्