पुस १७, २०८२
नेता जन्मिन्थे मैदानमा
चौतारी, मेलापात र गाउँसभा उनीहरूको विद्यालय जस्तै।
बस्ती–बस्ती घुमेर समस्या सुन्ने
बुझाएर, समझाएर समर्थन बटुल्ने
अनुभव जोड्दै नेतृत्वतर्फ उक्लिने
त्यसैले जनता पनि चिन्दथे—उनका नेताहरू कसरी बाँचिरहेका छन्, के सोचिरहेका छन्।
नेतृत्वको शैली अचानक उल्टियो।
स्क्रिनकै संसारले अब कसैलाई पनि “नेता” जस्तै देखाइदिन्छ।
बन्द कोठाबाट टिकटक–फेसबुकको भाषण
तथ्यभन्दा बढी आरोप–प्रत्यारोप
लोकप्रियताका नाममा अपमानजनक भाषा
योजना होइन, भाइरल हुने लक्ष्य
राजनीतिमा अध्ययन, दृष्टि र जिम्मेवारीभन्दा मूड र ट्रेन्ड अगाडि धकेलिन थालेको आरोप बढ्दै छ।
सुशासन, पारदर्शिता र समान अवसर दिन नसक्दा
पुराना दलप्रतिको असन्तोष स्वाभाविक छ।
तर विशेषज्ञहरूको चेतावनी छ—
क्रोधले जन्माएको नेतृत्व देशका लागि जोखिम पनि बन्छ।
“राजनीतिमा असफलता समाधानको खोज हो—
तर उरन्ठेउला प्रयोगले राज्य चल्दैन।”
लोकप्रियता एक्लै पर्याप्त हुँदैन।
अनुभवहीन नेतृत्व कहिलेकाहीँ महँगो पर्छ—
निर्णयको असन्तुलनले राष्ट्रलाई संकटतर्फ धकेलेका उदाहरणहरू चर्चामा छन्।
सन्देश स्पष्ट छ—
भावनात्मक ताली र राजनीतिक स्थिरता सधैं एउटै कुरा हुँदैनन्।
नयाँ पुस्ता आउनैपर्छ।
तर साथमा चाहिन्छ—अध्ययन, इमान र जिम्मेवारी। “गालीले होइन — कामले नेतृत्व साबित हुन्छ।”
पुस्ता बदलिन्छ, तर देशप्रतिको दायित्व बदलिँदैन। नेता बन्ने बाटो लाइक र भाइरल होइन ,जनताको अनुभव, सेवा र प्रतिवद्धता हो।