नयाँ स्वरुपमा प्रधानमन्त्रीको कार्यकक्ष: बालेन शाह आज १२:३४ मा शपथ लिँदै

चैत्र १३, २०८२

✍️एस.आचार्य

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आज एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ लिँदैछन्। बालेनको शपथ ग्रहणलाई विशेष र आध्यात्मिक बनाउन विशेष तयारी गरिएको छ। शपथ ग्रहणको विशेष तयारी आज दिउँसो १२:३४ बजे हुने शपथ ग्रहण कार्यक्रममा धार्मिक र सांस्कृतिक मन्त्रोच्चारणलाई प्राथमिकता दिइएको छ। कार्यक्रममा: * १०८ बटुकद्वारा स्वस्ति शान्ति वाचन गरिनेछ। * ७ वटा शंखको नाद (ध्वनि) गुञ्जायमान हुनेछ। * १६ जना बौद्ध भिक्षुहरूबाट 'अष्ठमंगल' पाठ गरी शुभ साइतको सुरुवात गरिनेछ। वास्तु अनुसार कार्यकक्षको पुनर्संरचना प्रधानमन्त्रीको कार्यकक्ष र मन्त्रिपरिषद् बैठक हललाई पूर्ण रूपमा वास्तुशास्त्र अनुसार परिवर्तन गरिएको छ। वास्तुविज्ञहरूले दुई दिनसम्म गरेको सूक्ष्म निरीक्षण र सुझावका आधारमा निम्न परिवर्तनहरू गरिएका छन्: * उत्तरतर्फ प्रधानमन्त्रीको आसन: अब प्रधानमन्त्रीको कुर्सी उत्तर दिशा फर्काएर राखिएको छ। * राष्ट्रिय निशान चिन्हको स्थान परिवर्तन: प्रधानमन्त्रीको कुर्सीको ठीक पछाडि रहने राष्ट्रिय निशान चिन्हलाई अब दाहिनेतर्फ सारिएको छ। * टेबुलको स्वरुप: कार्यकक्षको मुख्य टेबुलमा रहेको सिसा (ग्लास) हटाइएको छ। * बैठक हलको नयाँ सजावट: कूटनीतिक भेटघाट हुने स्थानमा नयाँ सोफाहरू राखिएका छन् भने झण्डाहरूको व्यवस्थापन पनि नयाँ ढंगले गरिएको छ। बैठक हलको पूर्ण 'सेटिङ' नै परिवर्तन गरी ऊर्जाशील बनाइएको छ। तस्बिरमा देखिए अनुसार, कार्यकक्षलाई काठको बुट्टादार 'सिलिङ' र भित्ताहरूले सजाइएको छ, जसले कार्यकक्षलाई भव्य र ऐतिहासिक स्वरूप दिएको छ।

सम्पर्कमा रहनुहोस्