‘नयाँ’ को मुकुण्डो लगाएर जनता लुट्ने रास्वपाको विसर्जन सुरु! उम्मेदवारले नै भने– “ठगहरूको पार्टी”

फाल्गुन २, २०८२

काठमाडौं, परिवर्तनको नारा बेचेर राजनीतिमा छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको कुरुप अनुहार यतिबेला सडकदेखि चुनावी मैदानसम्म उदाङ्गो भएको छ। काठमाडौं क्षेत्र नं. ५ का आफ्नै उम्मेदवारले पार्टीलाई "ठगहरूको अखडा" भन्दै परित्याग गरेपछि रास्वपाको जग हल्लिएको छ। रवि लामिछानेको 'चटक': कहिले हात त कहिले खुट्टामा ब्यान्डेज! सहकारी ठगी प्रकरणमा अदालतबाटै कसुरदार ठहर हुन लागेका रास्वपा सभापति रवि लामिछानेले जनताको सहानुभूति बटुल्न 'नक्कली बिरामी' को नाटक गरिरहेको आरोप लागेको छ। कहिले दाहिने खुट्टा त कहिले देब्रे खुट्टामा ब्यान्डेज बाँधेर 'चटक' देखाउँदै हिँडेका लामिछानेको नौटंकीलाई जनताले चिनिसकेका छन्। अमेरिकादेखि नेपालसम्म ठगी धन्दा चलाएको आरोप खेपिरहेका उनी यतिबेला कानुनी कठघराबाट बच्न शारीरिक चोटको बहाना गरिरहेका छन्। बुटवलमा 'ठग' उम्मेदवारको सातो गयो: होटलको कुनामा लुकेर ज्यान जोगाए बुटवल-११ को होराइजन चोकमा सुप्रिम सहकारीका पीडितहरूले रास्वपा उम्मेदवार शुलभ खरेललाई घरदैलोमै थुतेका छन्। "७८ करोड रुपैयाँ खै? हाम्रो रगत पसिना फिर्ता गर!" भन्दै पीडितहरूले घेराउ गरेपछि उम्मेदवार खरेल भागेर नजिकैको होटलभित्र लुकेका थिए। गरिबको पैसाले चुनाव लड्ने र तिनै गरिबलाई ढाँट्ने रास्वपाको चरित्रविरुद्ध बुटवलबासीले 'नो भोट' को शंखघोष गरेका छन्। जितपुरमा रास्वपाको गुण्डागर्दी: 'घण्टी' मा भोट नहाले सामाजिक बहिष्कार! जितपुर क्षेत्रमा रास्वपाका कार्यकर्ताहरूले गाउँ-गाउँमा आतङ्क सिर्जना गरेका छन्। * धम्की र थर्काउ: सामान्य जनताले "किन भोट दिने?" भन्दा 'झोले' को बिल्ला भिराएर अपमान गर्ने र बजारमा सामान किन्न समेत जान नसक्ने गरी बदनाम गर्ने गरिएको छ। * धर्म-संस्कृतिमाथि विषवमन: बाबुराम भट्टराई र हिसिला यमीको प्रभावमा परेर हिन्दु धर्मलाई 'गलगाँड' भन्ने, राष्ट्रिय झण्डा जलाउने र गाईको मासु खान पाउनुपर्छ भन्ने जस्ता राष्ट्रघाती र धर्मविरोधी तत्वहरूको यो पार्टीमा दबदबा छ। * छाडापनको खेती: विनीता कठायत जस्ता पात्रहरूले विवाह नगरी बच्चा पाउने र सँगै बस्ने जस्ता नेपाली मर्यादा विपरीतका कुरा फैलाएर समाज बिगार्न खोजेको स्थानीयको आरोप छ। "धनीको मात्र पार्टी, गरिब केवल नोकर" रास्वपाभित्र पैसा हुनेहरूलाई मात्र उम्मेदवार बनाइने र गरिब जनतालाई केवल 'भोट हाल्ने नोकर' ठान्ने प्रवृत्ति देखिएको छ। स्वर्णिम वाग्लेदेखि तोसिमा कार्की र मनिष झासम्मले 'जेन्जी' को नाममा देश जलाउने र बालबालिकालाई समेत हिंसामा उकास्ने योजना बुनेको भन्दै स्थानीयले रास्वपालाई "संस्कृति नासक समूह" घोषणा गरेका छन्। निष्कर्ष: नेपालमा पनि बंगलादेशको जस्तै जनविद्रोहको संकेत जनताको धैर्यको बाँध टुटिसकेको छ। ठगी, गुण्डागर्दी, र धर्म-संस्कृति सिध्याउने योजनासहित आएको यो समूहलाई लखेट्न जनता तयार छन्। यदि रास्वपाले आफ्नो हर्कत नसुधारेमा बंगलादेशमा जस्तै जनताले सडकबाटै फैसला गर्ने र यी 'भेषधारी ठग' हरूलाई देश निकाला गर्ने अवस्था आउन सक्ने देखिन्छ।

सम्पर्कमा रहनुहोस्