दुर्गा प्रसाईं

मंसिर २२, २०८२

काठमाडौं — प्रधानमन्त्रीको सचिवालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्रीसँग भेटका क्रममा व्यक्त गरेको भनाइ सार्वजनिक गरेको छ। विज्ञप्तिअनुसार प्रसाईंले हालै आफूले बाहिर गरेका केही अभिव्यक्तिप्रति खेद प्रकट गर्दै माफी मागेका छन्।सचिवालयद्वारा प्रसाईंलाई उद्धृत गर्दै भनिएको छ,
“मैले बाहिर भनेका कुरामा सरी भन्छु, माफी माग्छु। तपाईं माता–दुर्गाको स्वरूप हुनुहुन्छ। तपाईंको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर उभिन्छौँ।”सचिवालयले प्रसाईंको अभिव्यक्तिलाई उनीहरूको व्यक्तिगत धारणा भएको उल्लेख गर्दै सरकारले यसलाई सामान्य राजनीतिक समर्थनको वक्तव्यको रूपमा लिएको बताएको छ।

@एस आचार्य

सम्पर्कमा रहनुहोस्