दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

मंसिर ५, २०८२

दुबई, २१ नोभेम्बर २०२५ — संयुक्त अरब इमिरात्स (यूएई) को दुबई एयर शोमा शुक्रबार एक भारतीय लडाकु विमान प्रदर्शन उडानका क्रममा दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ।अधिकारीहरूका अनुसार भारतीय एचएएल ‘तेजस’ लडाकु विमान स्थानीय समय अनुसार दिउँसो करिब २:१० बजे (१०१० GMT) प्रदर्शन उडान गरिरहेका बेला आकस्मिक रूपमा खसेको थियो। दुर्घटनापछि घटनास्थल वरिपरि बाक्लो धुवाँ देखिएको थियो।दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। शोका अन्य कार्यक्रम भने सुरक्षा मूल्यांकनपछि जारी रहने जनाइएको छ।

XINHUA

सम्पर्कमा रहनुहोस्