मंसिर ५, २०८२
दुबई, २१ नोभेम्बर २०२५ — संयुक्त अरब इमिरात्स (यूएई) वायुसेना तथा वायु रक्षा बलको एरोबेटिक टोली ‘फुर्सान अल इमारात’ ले शुक्रबार दुबई एयरशो २०२५ मा मनमोहक प्रदर्शन गरेको छ। दुबईको अल–मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयरशोमा टोलीले उच्च–स्तरीय हवाई कौशल र समन्वय प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।दुबई एयरशो विश्वकै प्रमुख बायु–रक्षा, विमानन र प्रविधि प्रदर्शनीमध्ये एक मानिन्छ, जहाँ विभिन्न देशका सैन्य तथा नागरिक विमानसहित अत्याधुनिक एरोस्पेस प्रविधिहरू प्रस्तुत गरिन्छन्।
AFP