पुस ५, २०८२
काठमाडौं — थुनामुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर तथा भावुक प्रतिक्रिया व्यक्त गर्नुभएको छ। सार्वजनिक रूपमा बोल्दै उहाँले आफूभन्दा ठूलो अन्याय देशमाथि भएको भन्दै त्यसको हिसाब अझै बाँकी रहेको बताउनुभएको छ।
लामिछानेले भन्नुभयो,
“यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। यो सबको हिसाब गर्नुछ। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला। म आज यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।”
उहाँले देशले चाँडै न्याय पाउने आशा व्यक्त गर्दै थप्नुभयो,
“म आशा गर्छु, यो देशले चाँडै न्याय पाउने छ। मैले बोल्ने समय आउँदै छ। केही समय धैर्य गर्नुहोला। मैले धेरै कुरा भन्न बाँकी छ।”रवि लामिछानेको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न चर्चा र प्रतिक्रिया सुरु भएका छन्। समर्थकहरूले उहाँको भनाइलाई राजनीतिक प्रतिशोधको संकेतका रूपमा लिएका छन् भने आलोचकहरूले आगामी दिनमा उहाँको भूमिकामाथि चासो व्यक्त गरेका छन्।