मंसिर १०, २०८२
सोंगखला, थाइल्यान्ड — लगातार परेको मुसलधारे वर्षापछि थाइल्यान्डको दक्षिणी क्षेत्र भीषण बाढीको चपेटामा परेको छ। बुधबार सोंगखला प्रान्तका धेरै स्थानमा पानी छिर्न थालेपछि गाडी र घरहरू पूरै डुबानमा परेका छन्।स्थानीय अधिकारीहरूका अनुसार तीन दिनयता रोकिरोकि परेको वर्षाले नदी तथा निकास प्रणाली क्षमता नाघेपछि पानी बस्तीभित्र पसेको हो। घटनास्थलका तस्वीरहरूमा सडकमै पार्क गरिएका सवारीसाधनहरू पूरै पानीमा डुबेको र स्थानीयहरू कम्मर–छाती बराबरको पानी छिचोल्दै सुरक्षित स्थानतर्फ जाँदै गरेको देखिन्छ।बचाउ टोलिहरूलाई प्रभावित क्षेत्रतर्फ पठाइएको छ भने बाढीबाट विस्थापित भएकाहरूका लागि विद्यालय तथा सामुदायिक भवनमा अस्थायी राहत शिविर सञ्चालन गरिएको छ। अहिलेसम्म मानवीय क्षतिको सूचना प्राप्त नभए पनि लगातार वर्षा भइरहनुले थप जोखिम बढ्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।थाइल्यान्ड मौसम विभागले दक्षिणी भू–भागमा यस साताभरि भारी वर्षा निरन्तर रहने अनुमान गर्दै सतर्क रहन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई आवश्यक पर्दा तत्काल सार्न तयारी अवस्थामा बस्न सुझाव दिइएको छ।
AP