थरुहट–थारूवान अभियन्ता र रास्वपाबीच ९ बुँदे सहमति

पुस २२, २०८२

दिपेन्द्र प्रकाश काठमाडौं —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका थरुहट–थारूवान अभियन्ताबीच एकता गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पक्षबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।सहमतिपत्रमार्फत थरू समुदायको पहिचान, अधिकार र आन्दोलनका मुद्दालाई संस्थागत ढङ्गले अघि बढाउने सहमति भएको बताइएको छ। सहमतिमा राजनीतिक समन्वय, संगठन विस्तार र थरुहट–थारूवान सम्बन्धी एजेन्डालाई साझा रूपमा अघि लैजाने प्रावधान समावेश छन्।कार्यक्रममा सहमतिले राष्ट्रिय राजनीतिमा थरू समुदायको प्रतिनिधित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। विस्तृत कार्ययोजना भने छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको दुवै पक्षले बताएका छन्।

सम्पर्कमा रहनुहोस्