कार्तिक ३०, २०८२
काठमाडौं।
त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिएको फ्लडलाइटको औपचारिक उद्घाटनपछि आज देखिएको मैदानको आकर्षक दृश्य सार्वजनिक गरिएको छ।फ्लडलाइट सञ्चालनमा आएसँगै अब यस मैदानमा रात्री क्रिकेट खेल तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने सम्भावना थप मजबुत भएको छ। नेपाली क्रिकेटका लागि यो पूर्वाधार सुधार एक महत्वपूर्ण उपलब्धि मानिएको छ।उद्घाटनपछि झलमल परेको त्रिवि क्रिकेट मैदानको दृश्यले खेलकुद क्षेत्रका सरोकारवालामा उत्साह छाएको छ।
तस्बिर : प्रदीपराज वन्त / रासस