“डेफ लेपर्डलाई हल्युवड वाक अफ फेममा तारा प्रदान”

अशोज २४, २०८२

लस एन्जलस, अक्टोबर ९, २०२५ (एएफपी)
प्रसिद्ध बेलायती रक ब्याण्ड डेफ लेपर्ड (Def Leppard) लाई हल्युवुड वाक अफ फेम (Hollywood Walk of Fame) मा तारा प्रदान गरिएको छ। समारोह लस एन्जलसको क्यापिटल रेकर्ड्स बिल्डिङ (Capitol Records Building) अगाडि सम्पन्न भएको हो।कार्यक्रममा युनिभर्सल म्युजिक इन्टरप्राइजेजका अमेरिकी अध्यक्ष तथा सिईओ ब्रुस रेस्निकोफ, जेरी न्युमन, अमेरिकी गायक जोन बोन जोवी, बेलायती गायक तथा गीतकार जो इलियट, बेलायती सङ्गीतकार रिक साभेज, आयरिस सङ्गीतकार भिभियन क्याम्पबेल, बेलायती ड्रमर रिक एलेन, र बेलायती गिटारिस्ट फिल कलन उपस्थित थिए।त्यसैगरी हल्युवुड चेम्बर अफ कमर्सका अध्यक्ष तथा सिईओ स्टिभ निसन पनि समारोहमा सहभागी थिए।डेफ लेपर्डले १९८० को दशकमा “Pour Some Sugar on Me”, “Love Bites” र “Hysteria” जस्ता हिट गीतहरूद्वारा विश्वभर ठूलो लोकप्रियता हासिल गरेको थियो। वाक अफ फेमको तारा पाउनु ब्याण्डको दीर्घकालीन संगीत योगदानप्रतिको सम्मानका रूपमा मानिएको छ।

सम्पर्कमा रहनुहोस्