टी–२० विश्वकप २०२६ का लागि नेपाली टोली घोषणा
@एस.आचार्य काठमाडौं-:
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। टोलीको कप्तानी रोहित पौडेललाई दिइएको छ भने दिपेन्द्र सिंह ऐरी उपकप्तानको भूमिकामा रहनेछन्।घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन देखिएको छ। बलिङ आक्रमणको नेतृत्व सन्दीप लामिछानेले गर्ने अपेक्षा गरिएको छ भने ब्याटिङतर्फ कुशल भुर्तेल, आसिफ शेख र आरिफ शेख प्रमुख भरोसा रहनेछन्। अलराउण्डरको भूमिकामा दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करन केसी टोलीका महत्वपूर्ण आधार मानिएका छन्।
🇳🇵 नेपाली टोली (टी–२० विश्वकप २०२६):
• रोहित पौडेल (कप्तान)
• दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
• सन्दीप लामिछाने
• कुशल भुर्तेल
• आसिफ शेख
• सुन्दीप जोरा
• आरिफ शेख
• बसिर अहमद
• सोमपाल कामी
• करन केसी
• नन्दन यादव
• गुलशन कुमार झा
• ललित राजबंशी
• शेर मल्ल
• लोकेश बाम
क्यानका अनुसार यो टोली हालको प्रदर्शन, फिटनेस र अन्तर्राष्ट्रिय अनुभवका आधारमा चयन गरिएको हो। विश्वकपमा नेपालले सशक्त प्रदर्शन गर्दै इतिहास रच्ने लक्ष्य लिएको क्यानले जनाएको छ।नेपाल क्रिकेट टोलीलाई विश्वकप यात्राका लागि देशभरका क्रिकेटप्रेमीले शुभकामना दिएका छन्।