कार्तिक १३, २०८२
टोकियो, अक्टोबर ३० (एपी) —
जापानको राजधानी टोकियोमा सुरु भएको जापान मोबिलिटी शो को प्रेस दिवसमा टोयोटाले प्रस्तुत गरेको नयाँ मोडेल ‘किड्स मोबि’ मिडिया र अतिथिहरूको विशेष आकर्षण बनेको छ।टोयोटाको यो नयाँ सवारीसाधन विशेष गरी बालबालिकाको गतिशीलता र सुरक्षालाई ध्यानमा राखी डिजाइन गरिएको बताइएको छ। कम्पनीले यसलाई भविष्यमा बालबालिकाका लागि स्वतन्त्र र सुरक्षित यात्राको अवधारणासँग जोडेको छ।प्रदर्शनको क्रममा उपस्थित पत्रकार र आगन्तुकहरूले किड्स मोबि को डिजाइन, प्रविधि र भविष्यका सम्भावनाबारे चासो देखाएका थिए। यस वर्षको जापान मोबिलिटी शो मा विश्वका प्रमुख अटो निर्माताहरूले आफ्ना नवीनतम विद्युतीय, स्वचालित र वातावरणमैत्री सवारी साधनहरू प्रस्तुत गरिरहेका छन्।