जर्मनीको लेउना केमिकल पार्कमा फिनिस समूह युपिएमको १.३ अर्ब युरोको रिफाइनरी सञ्चालन

मंसिर १८, २०८२

लेउना (जर्मनी)
जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यस्थित लेउना केमिकल पार्कभित्र रहेको युपिएम बायोरिफाइनिङ एन्ड टेक्नोलोजीको रासायनिक प्लान्टको एक भागको तस्वीर सार्वजनिक गरिएको छ। फिनल्यान्डको सामग्री समूह युपिएम (UPM) ले यसै वर्षको गर्मीयाममा पूर्वी जर्मनीमा विशाल बायोरिफाइनरी स्थापना गरेको थियो।करीब १.३ अर्ब युरो (करिब १.५ अर्ब अमेरिकी डलर) लागतमा निर्माण गरिएको यो परियोजना जर्मनीको रसायन उद्योग कठिन अवस्थामा रहेको बेला सुरु गरिएकोले यसलाई कम्पनीका लागि ठूलो जोखिम मानिएको छ। ऊर्जा मूल्यवृद्धि, कठोर वातावरणीय मापदण्ड र विश्वव्यापी प्रतिस्पर्धाको बीचमा सुरु गरिएको यो परियोजनाले क्षेत्रको आर्थिक गतिविधिमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ।युपिएमले आफ्नो दीर्घकालीन रणनीतिअनुसार टिकाउ जैविक सामग्री उत्पादनमा लगानी बढाउँदै गएको छ, र जर्मनीमा सुरु गरिएको यो रिफाइनरी त्यसै प्रयासको महत्वपूर्ण हिस्सा मानिन्छ।

(फोटो : जेन्स श्लुटर / एएफपी)

सम्पर्कमा रहनुहोस्