चुनाव एक प्रकारको भ्रम, देश गरिब बनाउने खेल-विज्ञ

मंसिर २०, २०८२

काठमाडौं — देशभर चुनावी माहोल तातिरहेको बेला राजनीतिक विश्लेषकहरूले वर्तमान निर्वाचन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउन थालेका छन्। केही विज्ञहरूले त अहिलेको चुनावी प्रणालीलाई “जनतालाई देखाइने एउटा भ्रम मात्र” भन्दै आलोचना गरेका छन्।राजनीतिक विश्लेषक प्राध्यापक  केसीका अनुसार, दलहरूले वर्षौँदेखिको उस्तै आश्वासन दोहोर्याए पनि जनताले अपेक्षित परिवर्तन नदेखेकाले चुनावप्रतिको विश्वास नै कमजोर बन्दै गएको छ। “चुनावले नेतृत्व फेरिएको देखाए पनि शासन शैली, व्यवहार र परिणाम उस्तै रहन्छ। यसैले धेरै मतदातालाई चुनाव एक प्रकारको भरमझैँ भइरहेको अनुभूति हुन्छ,” उनले भने।उनका अनुसार नेताहरूले चुनावअघि ठाउँ–ठाउँमा दिएका वाचा, जनताका दुःख–सुखका चर्का भाषण र आकर्षक घोषणापत्रले तात्कालिक प्रभाव त पार्छ तर वास्तविक विकास, रोजगारी र सुशासनजस्ता आधारभूत मुद्दा भने वर्षौँदेखि अधुरै छन्।सामाजिक अनुसन्धानकर्ता डा. स्मृति पोखरेलले पनि राजनीतिक दलहरू चुनावका बेला मात्रै जनतासँग नजिक देखिने तर त्यसपछि पाँच वर्षसम्म टाढिने प्रवृत्ति बढेको बताइन्। “यो निराशा र अविश्वासकै कारण अब धेरै जनाले चुनावलाई प्रभावकारी परिवर्तनको माध्यम भन्दा ‘नाटक’ वा ‘भरम’को रूपमा लिन थालेका छन्,” उनले भनिन्।विशेषज्ञहरूको चेतावनी छ— जनतामा बढ्दो अविश्वासलाई हल्का रूपमा लिनु खतरनाक हुन सक्छ। उनीहरूका अनुसार चुनावलाई भरम होइन, वास्तविक समाधानको माध्यम बनाउन राजनीतिक दलहरूले व्यवहारिक काम, पारदर्शिता र जवाफदेहितामा जोड दिन आवश्यक छ।

सम्पर्कमा रहनुहोस्