अशोज १४, २०८२
बेइजिङ, सेप्टेम्बर ३०, २०२५ (एएफपी)
चीनका राष्ट्रपति सी जिनपिङ आज राजधानी बेइजिङस्थित थियानआनमेन स्क्वायर मा आयोजित कार्यक्रममा सहभागी भएका छन्।राष्ट्रपति जिनपिङले जननायक स्मारक (Monument to the People’s Heroes) मा गएर माल्यार्पण गर्दै देशका दिवंगत राष्ट्रिय वीरहरुलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।चीनमा हरेक वर्ष सेप्टेम्बर ३० का दिनलाई शहीद दिवस (Martyrs’ Day) का रूपमा मनाइन्छ, जसमा मुलुकका लागि जीवन अर्पण गर्ने वीरहरुलाई सम्झना गरिन्छ।