पुस २६, २०८२
चिनियाँ कम्युनिष्ट पार्टी (CPC) को केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले तान्जानियाको दार एस सलाममा तान्जानियाका विदेश तथा पूर्वी अफ्रिकी सहकार्य मन्त्री महमुद थाबित कोम्बोसँग भेटवार्ता गरेका छन्।जनवरी ९, २०२६ मा भएको उक्त भेटमा चीन–तान्जानिया द्विपक्षीय सम्बन्ध, अफ्रिकासँगको सहकार्य, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको बताइएको छ। दुवै पक्षले आपसी मित्रता, विकास सहकार्य र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
XINHUA