कार्तिक १३, २०८२
रियाद (साउदी अरब), २९ अक्टोबर २०२५ (शिन्ह्वा) — चिनियाँ उपराष्ट्रपति हान चेङले साउदी अरबका क्राउन प्रिन्स तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग रियादस्थित अल–यामामा दरबारमा भेटवार्ता गरेका छन्।वार्ताका क्रममा दुवै देशबीचको रणनीतिक साझेदारी, ऊर्जा सहयोग, लगानी विस्तार र क्षेत्रीय स्थायित्वका विषयमा छलफल भएको बताइएको छ।हानले चीन–साउदी सम्बन्धलाई “आपसी विश्वास र दीर्घकालीन साझेदारीमा आधारित” रहेको उल्लेख गर्दै दुवै मुलुकले व्यापार, प्रविधि र हरित ऊर्जामा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पनि दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छाशक्ति व्यक्त गर्दै साउदी भिजन–२०३० अन्तर्गत चीनलाई प्रमुख विकास साझेदारका रूपमा स्वागत गरेको बताए।भेटका क्रममा उच्चस्तरीय अधिकारीहरू पनि उपस्थित थिए।
(फोटो: शिन्ह्वा/लिउ वेइबिङ)