मंसिर २१, २०८२
हार्बिन (चीन)
चीनको उत्तरपूर्वी प्रान्त हेइलोङ्जियाङ स्थित हार्बिन सहरमा आइतबारबाट छैटौँ ‘आइस कलेकटिङ्ग फेस्टिवल’ औपचारिक रूपमा सुरु गरिएको छ। त्यो अवसरमा एक कर्मचारीले यस वर्ष सङ्कलन गरिएको पहिलो बरफको ठूला टुक्रा (आइस क्यूब) प्रदर्शन गरेका थिए।सोंगहुवा नदी किनारमा आयोजना गरिएको यो महोत्सवले हार्बिनमा बरफ सङ्कलन सिजन सुरु भएको प्रतीकजन्य घोषणा गर्छ। महोत्सवमा परम्परागत आइस–कलेक्सन विधि, सांस्कृतिक झाँकी, लोक–रीति–अनुभव, तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश छन्, जसले धेरै स्थानीय तथा पर्यटकहरूको आकर्षण खिचेको छ।हार्बिन शहर विश्वप्रसिद्ध आइस एन्ड स्नो फेस्टिवल का लागि चिनिन्छ, र यो प्रारम्भिक आइस–सङ्कलन कार्यक्रम उक्त ठूलो महोत्सवको तयारी चरण मानिन्छ।
(तस्वीर: सिन्ह्वा/झाङ ताओ)