चिनको तियानजिनस्थित याङलिउछिङ प्राचीन सहरमा जाडोको पर्यटन बढ्दो

मंसिर १८, २०८२

तियानजिन (चीन)
चीनको उत्तरी सहर तियानजिनस्थित ऐतिहासिक याङलिउछिङ प्राचीन सहरको जाडोमा खिचिएको मनोरम दृश्यको हवाई ड्रोन तस्वीर सार्वजनिक भएको छ। डिसेम्बर ३ मा खिचिएको उक्त तस्वीरले यस प्राचीन सहरको आकर्षक दृश्य, पुरातात्त्विक संरचना र सांस्कृतिक सौन्दर्य झल्काएको छ।तियानजिन पोर्ट सिटीको बाहिरी भागमा अवस्थित याङलिउछिङ प्राचीन सहर काठका ब्लकबाट बनाइने परम्परागत नयाँ वर्षका चित्रहरू (Woodblock New Year Pictures) का लागि विश्वभर चिनिन्छ।
सहरको बीचबाट बग्ने ग्रान्ड क्यानाल—विश्वकै सबैभन्दा लामो मानव निर्मित जलमार्ग—ले यस गाउँको सौन्दर्य र ऐतिहासिक महत्त्व झनै बढाएको छ।जाडो याम सुरु भएसँगै यहाँका ऐतिहासिक भवन, पुराना गल्लीहरू र नहर वरपरको दृश्य अवलोकन गर्न देश–विदेशका पर्यटकहरूको संख्या बढ्न थालेको स्थानीय निकायले जनाएको छ।

(फोटो : झाओ जिशुओ / सिन्ह्वा)

सम्पर्कमा रहनुहोस्