गण्डकी परिक्रम
समय सूत्र
कार्तिक १८, २०८२
चितवन, तनहुँ र नवलपुर जिल्लामा पर्ने धार्मिक तीर्थस्थल देवघाटधामस्थित एक दिने गण्डकी परिक्रमाको अवसरमा मङ्गलबार देवघाटको वेणीस्थित शालग्रामसहित गण्डकी पूजन गरी पदयात्रा सुरु गरिँदै । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले यस क्षेत्रको २६ दशमलव पाँच किलोमिटर दूरीको यस परिक्रमामा ठुलो संख्यामा भक्तजन, सन्त–महन्त, धार्मिक व्यक्तित्व तथा स्थानीय सरकार प्रमुखहरूको सहभागिता रहेको नेपाल सन्त समाजले जनाएको छ ।
तस्बिर : सनद अधिकारी÷रासस