गगन कांग्रेसीबाटै घेरिए, देउवा–शेखर नजिकिँदा विशेष महाधिवेशन चुनौतीपूर्ण

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर तनाव बढिरहेका बेला महामन्त्री गगन थापा आफ्नै दलभित्रबाटै तीव्र प्रश्न र आलोचनाको घेराभित्र परेका छन्। पार्टी नेतृत्वको अर्को धार, सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला नजिकिँदै गएपछि विशेष महाधिवेशन अघि बढाउन थप कठिनाइ देखिएको छ।पार्टीका महामन्त्री थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन ढिलो भएको भन्दै विशेष महाधिवेशन बोलाउनुपर्ने अडान लिएका छन्। उनीहरूले प्रतिनिधिहरूको पर्याप्त समर्थन रहेको दाबी गर्दै विधानअनुसार अघि बढ्न सकिने तर्क गर्दै आएका छन्।तर, देउवा पक्षले विशेष महाधिवेशनको आवश्यकता नरहेको भन्दै नियमित प्रक्रियाबाटै अघि बढ्नुपर्ने धारणा दोहोर्याइरहेको छ। सोहीबीच शेखर कोइराला समूह पनि पार्टीभित्र सहमति खोज्ने प्रयासमा जुटेपछि, विशेष महाधिवेशनका पक्षधरहरूलाई संगठनभित्र दबाब बढ्दै गएको देखिन्छ।नेताहरूबीच भागबन्डा, नेतृत्वको भविष्य र विधानको व्याख्या जस्ता विषयमा मतभेद कायम रहँदा कांग्रेसभित्र नयाँ सहमति तत्कालय निकाल्न मुस्किल भएको विश्लेषण भइरहेको छ।पार्टीभित्र चलिरहेको यो तानातानले आगामी राजनीतिक र संगठनात्मक निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।