के अब पनि रास्वपालाई भोट?”

माघ २५, २०८२

काठमाडौं — “हिन्दू भगाऊ, देश बचाऊ”, “गाई काटेर खान पाउनुपर्छ”, “राजा मान्ने र हिन्दूहरू रास्वपामा नबस्ने हुन्छ” जस्ता अभिव्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबाट सार्वजनिक रूपमा आएको भन्दै ती भनाइहरूले नेपाली समाजमा गम्भीर प्रश्न उठाएका छन्।नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक र परम्परागत मूल्यमा आधारित देशमा यस्ता अभिव्यक्तिहरूले सामाजिक सद्भावमा आघात पुर्‍याउने आरोप लाग्न थालेको छ। विशेषतः हिन्दू आस्थासँग प्रत्यक्ष टकराव हुने भनाइहरू पार्टीका नेताहरूबाट पटक–पटक आउनु चिन्ताजनक भएको टिप्पणी गरिएको छ।गाईलाई राष्ट्रिय जनावर मान्ने देशमा “गाई काटेर खान पाउनुपर्छ” भन्ने अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र नभई, करोडौँ नेपालीको धार्मिक भावनामाथि चोट पुर्‍याउने विषय बनेको छ। त्यस्तै, “राजा मान्ने र हिन्दूहरू रास्वपामा नबस्ने हुन्छ” भन्ने भनाइले पार्टीको समावेशी चरित्रमाथि नै प्रश्न खडा गरेको छ।राजनीतिक विश्लेषकहरू भन्छन्— यस्ता अभिव्यक्तिहरूले रास्वपाको वास्तविक विचारधारा के हो भन्ने कुरा स्पष्ट हुँदै गएको छ। परिवर्तनको नारा दिएर आएको पार्टीबाट नै हिन्दू विरोधी र विभाजनकारी आवाज आउन थालेपछि मतदाताहरू अन्योलमा परेका छन्।

अब प्रश्न सिधा र गम्भीर छ—
👉 “हिन्दू विरोधी अभिव्यक्तिहरू गर्ने नेताहरू भएको पार्टीलाई अब पनि रास्वपालाई भोट दिनु?”

यो प्रश्न केवल राजनीतिक होइन, सामाजिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको प्रश्न बनेको छ।

सम्पर्कमा रहनुहोस्