केन्द्रीय फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, सेबुमा दर्जनौंको मृत्यु

अशोज १५, २०८२

बोगो सिटी, फिलिपिन्स — अक्टोबर १, २०२५ मा केन्द्रीय फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सेबु टापुमा दर्जनौं मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ भने मृतक संख्या अझै बढ्न सक्ने डर व्यक्त गरिएको छ।घाइतेहरूलाई प्रान्तीय अस्पतालको बाहिर अस्थायी आपतकालीन केन्द्रमा उपचार दिइएको छ। अस्पतालहरूमा घाइतेको संख्याले दबाब सिर्जना गरेको छ। उद्धार कार्यमा संलग्न कर्मचारीहरूले धेरै शव झोलाहरू उठाउँदै गएको देखिएको छ।फिलिपिन्सका अधिकारीहरूले प्रभावित क्षेत्रमा राहत कार्य तीव्र बनाउने घोषणा गरेका छन्।

फोटो: टेड अल्जीब / एएफपी)

सम्पर्कमा रहनुहोस्