कुलमान घिसिङको दोहोरो चरित्र।
@एस.आचार्य
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेको छ ।केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर रास्वपाकै दलबाट १८ जनाको नाम बन्दसूचीमा पेश गरेको उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता प्रक्रियामा समस्या देखिएपछि छुट्टै बन्दसूची पेश गरिपाऊ भन्दै उक्त पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, केन्द्रीय सदस्य श्री गुरुङ, ज्ञानेन्द्रकुमार तामाङ लगायतको टोली आयोगमा पुगेको थियो ।उनीहरूले आफूहरूले बन्दसूची पेश गर्नका लागि पुष १४ गते ५० हजार धरौटी बुझाइसकेको र त्यसैले छुट्टै बन्दसूची पेश गर्न पाउ भन्दै आयोगमा एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार आयोगका कर्मचारीले भने बन्दसूची पेश गर्ने समय सीमा सकिइसकेकाले अब बन्दसूची पेश गर्न नमिल्ने भन्दै उज्यालो नेपाल पार्टीलाई फिर्ता पठाएको छ ।पार्टी एकतापछि रास्वपाले पेस गरेको ११० जनाको बन्दसूचीमा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समेटिएको दाबी गरिएको छ । तर, भन्दा १८ जना भनेपछि १४ जनाको नाम मात्रै रहेको रास्वपाका एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग बताए