कुमारीको आँसु : अशुभ संकेतको चर्चा

अशोज १५, २०८२

एन. बी. महत समय सूत्र

काठमाडौं । राजधानीस्थित कुमारी घरमा बस्ने जीवित देवी कुमारी रोएको दृश्य देखिएपछि काठमाडौं उपत्यकामा विभिन्न खाले चर्चा सुरु भएको छ । परम्परागत विश्वासअनुसार, कुमारी रोए देश वा समाजमा कुनै ठूलो घटना वा अशुभ संकेतको आभास हुने मानिन्छ ।घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि यसबारे तर्क–वितर्क भइरहेका छन् । कतिपयले यसलाई सामान्य भावनात्मक अवस्था मात्र मानेका छन् भने धेरैले पुरानो विश्वाससँग तुलना गर्दै देशमा राजनीतिक अस्थिरता वा प्राकृतिक विपत्ति आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।धार्मिक विद्वान्हरूले भने कुमारीलाई देवीको स्वरूप मानिने भए पनि उहाँ पनि बालिका भएकाले भावनात्मक अभिव्यक्ति स्वाभाविक भएको बताइरहेका छन् । तर, परम्परागत संस्कारअनुसार कुमारीका आँसु वा हाँसो दुवैलाई दैवी संकेतका रूपमा लिइने चलन अहिले पनि कायम छ ।विशेषगरी कुमारीले रोएको खबर सार्वजनिक भएमा भक्तजनमा ठूलो चासो जगाउने गरेको छ, जसले नेपाल समाजमा कुमारी प्रथाको गहिरो आस्था र विश्वासलाई पुनः पुष्टि गरेको छ ।

सम्पर्कमा रहनुहोस्