काठमाडौं महानगरद्वारा दृष्टिविहीन क्रिकेट विश्वकप उपविजेता नेपाली टोली सम्मानित हुने
काठमाडौं महानगरपालिकाले दृष्टिविहीन क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गर्ने भएको छ। महानगरले टोलीका खेलाडीहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।महानगरका अनुसार टोलीका मुख्य खेलाडीहरूलाई जनही १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ भने अन्य सदस्यहरूलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाएको भन्दै काठमाडौं महानगरले यो सम्मानमार्फत दृष्टिविहीन खेलाडीहरूको हौसला बढाउने विश्वास व्यक्त गरेको छ। महानगरले आगामी दिनमा पनि अपांगता भएका खेलाडीहरूको क्षमता र योगदानलाई प्रोत्साहन गर्ने नीति अघि बढाउने जनाएको छ।
@एस.आचार्य